Connect with us

अन्तर्राष्ट्रिय

गाजामा युद्बबिराम आइतवार बिहान ८ः३० बजेवाट लागु हुने

Published

on

अन्ततः हमास र इजरायलका बिचमा युद्बबिराम भएको छ । 

इजरायली मन्त्री परिषदले अनुमोदन गरे पछि यो युद्दबिराम आइतवारवाट लागु हुने भएको हो । 

समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८ः३० बजे सुरु हुने कतारको बिदेश मन्त्रालयले जनाएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका हुन्।

‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौं,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन ।

हमास र इजरायलका बिचमा युद्बबिराम गराउन कतारले उल्लेखनीय भुमिका खेलेको छ । उसैको पहलमा १५ महिना लामो युद्द रोकिन लागेको हो । जसले मध्य पुर्वमा शान्ति छाउने विश्वास ब्यक्त गरिएको छ ।
 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.