Connect with us

राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

Published

on

प्रतिनिधिसभाको प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक भोलि शनिबार बिहान नौ बजे बोलाएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताएका छन् ।

झाका भनाइमा बैठक रास्वपा संसदीय दलका नेताको कार्यकक्षमा हुनेछ। भोलि शनिबार नै प्रतिनिधि सभा बैठक समेत बस्दैछ। संसद बैठकअघि रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्। बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले १३ जेठदेखि संसदमा विरोध जनाउँदै आएको छ। तर, सत्ताधारी दलहरुले रास्वपाको विरोधलाई अपमान गरिरहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.