Connect with us

समसामयिक

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

Published

on

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको बताइएको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो । गत बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशभरमा विभिन्न विपदजन्य घटनाहरु घटिरहेका छन् । 

वर्षाका कारण अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र ३२ जना र देशभर ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.