Connect with us

अन्तर्राष्ट्रिय

१९८५ पछि अमेरिकी राष्ट्रपतिकाे सपथ बन्द कोठामा हुदैँ, जान्नुहोस कारण !!!

Published

on

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चिसोको पूर्वानुमानका कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका छन् ।

सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा लिन लागिएको हो ।

साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा सपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् ।

जानकारीका अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डा भित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वाशिंगटनको क्यापिटल वन एरेनामा हुनेछ। पछिल्लो पटक सपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घर भित्र नै आयोजित गरिएको थियो।

डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफूले सपथ ग्रहण समारोहलाई युएस क्यापिटल रोटुण्डा भित्र सार्न आदेश दिएको पनि बताएका छन् । उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।

ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि क्यापिटल वन एरिनामा आइतवार दिउँसो ३ बजेको लागि निर्धारित विजय र्‍यालीसहित अन्य सबै कार्यक्रमहरू उस्तै रहने छन्।  

यसै क्रममा प्रतिकुल मौसम र चिसो हावाका रण बन्द ठाउँमा सपथ ग्रहण समारोह आयोजना गर्ने विषयमा आयोजकमा छलफल भइरहेको व्यक्तिले नाम न छाप्ने सर्तमा बताए । उनले हरेक पटक सपथ ग्रहणका क्रममा प्रतिकुल मौसमी अवस्थामा वैकल्पिक रुपमा रोटुण्डा तयार राखिएको बताए । उनले ट्रम्पसँग छलफल गरेर सपथग्रहण समारोहको अन्तिम निर्णय संसदको संयुक्त समितिले गर्ने बताए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.