Connect with us

अन्तर्राष्ट्रिय

थाइल्याण्डमा अदालतको आदेशपछि स्कूले विद्यार्थीहरूलाई आफ्नो मनपर्ने हेयरस्टाइल राख्न सक्ने

Published

on

थाइल्याण्डका स्कूले विद्यार्थीहरूले अब आफ्नो मनपर्ने हेयरस्टाइल राख्न सक्नेछन् । थाइल्याण्डको सर्वोच्च प्रशासनिक अदालतको आदेश पछि स्कूले विद्यार्थीहरूले आफ्नो मनपर्ने हेयरस्टाइल राख्न पाउने भएका हुन् ।

अधिकारीहरूसँग धेरै वर्षको झगडापछि अदालतले यस्तो आदेश दिएको हो । अदालतले थाइल्याण्डको शिक्षा मन्त्रालयको ५० वर्ष पुरानो निर्देशन खारेज गरिदिएको छ ।

१९७५ मा, थाइल्याण्डमा स्कूले विद्यार्थीहरूका लागि केही नियमहरू तोकिएका थिए । यस अन्तर्गत, केटाहरू र केटीहरूको लागि एक निश्चित कपालको शैली तय गरिएको थियो ।

यस नियम अनुसार, स्कूलहरूमा केटाहरूको लागि छोटो कपालको हेयरस्टाइल र केटीहरूको लागि बब कट हेयरस्टाइल राख्ने नियम थियो ।

समयसँगै, धेरै विद्यालयहरूलाई यो नियमबाट छुट दिइयो । तर, केही मानिसहरू अझै पनि यो नियमलाई दिशानिर्देशको रूपमा पालना गरिरहेका थिए । यो नियम पालना नगर्ने विद्यार्थीहरूको कपाल काटिने गरिएको थियो ।

अदालतले आफ्नो आदेशमा १९७५ को दिशानिर्देशले संविधानद्वारा संरक्षित प्रत्येक व्यक्तिको स्वतन्त्रताको उल्लङ्घन गर्दछ र आजको समाजसँग पनि मेल नखाने भनेको थाई मिडियाहरुले उल्लेख गरेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.