Connect with us

राजनीति

रविलाई भेटेपछि सुधनले दिए गृहमन्त्रीलाई चेतावनी, ‘कि काम गर, नभए कुर्सी छोड’

Published

on

जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन् । आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न रविलाई भेट्न आज बिहिबार गएको उनको भनाइ छ ।

भेटका क्रममा रविले आफूमाथि अन्याय भएको गुनासो गरेको गुरुङले बताए । ‘उहाँ राम्रो काम गर्छु भनेर अगाडि आउनुभएको मान्छे हो । तर, देशमा राम्रो गरिरहेको मान्छेलाई फसाउनुपर्छ भनेर केही शक्ति लागिरहेका छन्,’ रविलाई भेटेपछि उनले भने । भेटका क्रममा लामिछानेले जेनजीलाई खुलेरै समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि गुरुङले बताए ।

लामिछानेसँगको भेटपछि सञ्चारकर्मीसँग गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले गृहमन्त्रीलाई काम गरेर देखाउन वा पद त्याग्न चेतावनी दिए । ‘गृहमन्त्रीलाई अब हामी अल्टिमेटम दिन्छौँ– कि त काम गर, कि त कुर्सी छोड,’ उनले भने ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.