राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।
सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि कुलमान र बालेनबीच भेटवार्ता हुने तय भएको बालेननिकट स्रोतले बतायो । “कुलमान घिसिङ र मेयर साब भेट्दै हुनुहुन्छ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको छ । सहमतिमा हस्ताक्षर हुने कुरा अहिले नै भन्न सकिएन,” स्रोतले भन्यो ।
हिजो शुक्रबार राति बालेन, उनका सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग गोदाबारीमा बसेका थिए ।