Connect with us

अन्तर्राष्ट्रिय

स्विट्जरल्यान्डमा रहेको मादुरोको सबै सम्पत्ति ‘फ्रिज’

Published

on

अमेरिकाले आक्रमण गरी आफ्नो देश पुर्याएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सम्पत्तिमा स्विट्जरल्यान्ड सरकारले ठूलो कदम चालेको छ । स्विस सरकारले उसको देशमा रहेको मादुरोको सबै सम्पत्ति तत्कालै ‘फ्रिज’ गरेको छ ।

स्विस सरकारले अनुसन्धानका क्रममा यो सम्पत्ति अवैध रूपमा कमाइको पाइए उक्त सम्पत्ति भेनेजुएलाका जनताको हितमा प्रयोग गर्ने प्रयास गरिने जनाएको छ । सरकारका अनुसार मादुरोसँग जोडिएका सबै स्विस सम्पत्तिमा यो निर्णय लागू भएको छ ।

सरकारी विज्ञप्तिअनुसार ५ जनवरी २०२६ मा स्विट्जरल्यान्डको सर्वोच्च कार्यकारी निकाय फेडरल काउन्सिलले यो निर्णय गरेको हो । सम्पत्ति फ्रिज गर्ने आदेश चार वर्षसम्म वा अर्को आदेश नआउन्जेलसम्म लागू रहनेछ ।

यस कदमको उद्देश्य

स्विस सरकारका अनुसार यसको मुख्य उद्देश्य हालको परिस्थितिमा कुनै पनि शंकास्पद सम्पत्ति देशबाहिर जान नदिनु हो । सम्पत्ति फ्रिज गर्ने निर्णय भने भेनेजुएलाको वर्तमान सरकारका सदस्यमा लागू नहुने बताइएको छ ।

भविष्यमा कानुनी अनुसन्धानका क्रममा यो सम्पपित्त गलत तरिकाले कमाइएको प्रमाणित भए स्विट्जरल्यान्डले त्यसलाई भेनेजुएलाका जनताको हितमा प्रयोग गर्नेछ । स्विट्जरल्यान्डले यो नयाँ निर्णय सन् २०१८ देखि भेनेजुएलामाथि लगाइएका प्रतिबन्धभन्दा अलग रहेको जनाएको छ, जुन एम्बार्गो ऐनअन्तर्गत लागू गरिएको छ ।

नयाँ कदम विदेशी नेताको अवैध सम्पत्ति फ्रिज तथा फिर्ता ऐनअन्तर्गत चालिएको हो । यसअघि स्विट्जरल्यान्डले कुनै प्रतिबन्ध नलगाएकाहरू यो निसानामा पर्नेछन् । अमेरिकी सेनाले निकोलास मादुरोलाई काराकासमा गिरफ्तार गरी ३ जनवरी २०२६ मा अमेरिका लगेको थियो । त्यसपछि भेनेजुएलाको स्थिति अत्यन्तै तनावपूर्ण र अनिश्चित बनेको छ ।

यस्तो अवस्थामा स्विट्जरल्यान्डले सबै पक्षलाई तनाव कम गर्न, संयम अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिलसमेत गरेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.