Connect with us

राजनीति

दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन अमरेशकुमार सिंहको माग

Published

on

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट आएको सहयोगको विवरण सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने,‘कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो ? कति देश टुक्र्याउनेमा लगानी भयो ? यो सम्पूर्ण जानकारी राख्ने हक यो सदनले राख्दछ ।’ 

एनजीओहरुलाई मनिटरिङ गर्नुपर्छ भनेर संसदीय समितिबाट निर्णय हुँदै गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा डराएको सिंहले आरोप लगाए । उनले अहिलेपनि राष्ट्रिय सदाचार नीति त्यतिकै फालिएको बताए । उनले अहिलेको सरकारलाई कति पैसा एनजीओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.