Connect with us

राजनीति

माओवादी केन्द्रले तराई-मधेश जागरण अभियान आज कचनकवलबाट शुरु गर्दै

Published

on

नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दैछ ।

माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान शुरु गर्दै छ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ ।

कार्यक्रम तालिका: 

कोशी प्रदेश 

झापा– फागुन –१२ गते
मोरङ–  फागुन १३ गते
सुनसरी – फागुन १५ गते

मधेश प्रदेश

सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन २५ गते

गण्डकी प्रदेश

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते

सुदुरपश्चिम प्रदेश

कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते

माओवादी केन्द्रले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान संचालन गर्न लागेको बताएको छ । यसक्रममा सरकारले गरेका गलत कामको विरोध गर्ने, जनतालाई सचेत बनाउने, आफु सरकारमा हुदा गरेका राम्रा काम जनतासमक्ष लैजाने माओवादी केन्द्रले बताएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.