Connect with us

समसामयिक

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ

Published

on

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशरोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो।

आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहाँ पुगेको थियो।

‘प्रहरी टोली पुग्दा अन्सारीको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद भएको छ,’ लम्सालले भने।

अन्सारीलाई कालोबजार ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट मंगलबार पाँच दिन थुनामा राख्न अनुमति लिइएको लम्सालले बताए।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.