Connect with us

समसामयिक

विद्युत सर्ट भएर वर्कसपमा आगलागी, ७ लाखको क्षति

Published

on

रौतहट  जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ। मंगलबार राति आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कटहरिया नगरपालिका-५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले  सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो।

प्रहरीका अनुसार आगलागीबाट वर्कसपमा राखिएको बा४६ प ९०७ नम्बरको मोटरसाइकल र बिक्रीका लागि राखिएको पार्टपुर्जा जलेर नष्ट भएका छन्। 

आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.