Connect with us

अन्तर्राष्ट्रिय

आईपीएलमा अब ‘बज्र सुपर शट’ ले गर्नेछ थप सुरक्षा

Published

on

काश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा पुरै सुरक्षा अलर्ट जारी राखिएको छ । 

जोखिम ठानिएका सबै क्षेत्रका सबैजसो कुरामा मसिनो गरी सावधानी अपनाइएको छ । त्यसैले तनावपूर्ण वातावरणका बीच अब आईपीएल २०२५ मा पनि सुरक्षा बढाउने निर्णय गरिएको छ । 

जसअनुसार अबदेखि एयर स्पेसको सुरक्षाका लागि आईपीएलको प्रत्येक स्थानमा एन्टी ड्रोन प्रणाली तैनाथ गरिने भएको छ। यो हतियारले आकाशबाट बाज जस्तै हरेक खेल र दर्शकमा नजर राख्ने छ। यसको सुरुवात इडेन गार्डेनमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेलबाट सुरू भएको हो । 

राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर निजी कम्पनीले यस्तो पहल गरेको हो । आईपीएल विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग हो, जसमा धेरै ठूला खेलाडीहरु संलग्न छन् । जोखिम मोल्नु पर्ने कारण यही हो र सुरक्षा ब्यवस्था थप कडाइ गरिएको छ ।

यो एन्टी ड्रोन प्रणालीले स्टेडियमको चार किलोमिटरको दायरा भित्र कुनै पनि संदिग्ध ड्रोन पहिचान गर्न मद्दत गर्नेछ। यो हतियारको नाम ‘बज्र सुपर शट’ हो, जसले ड्रोनको कम्युनिकेशन सिग्नललाई बिगार्न सक्ने कुनै पनि सम्भावित खतरालाई रोक्न सक्षम छ। हल्का भएकाले यसलाई सजिलै जहाँ पनि तैनाथ गर्न सकिन्छ। साथै, यो कुनै पनि प्रकारको आवृत्ति पहिचान गर्न र रोक्न मा विशेषज्ञताले भरिपुर्ण छ। 

तसर्थ, स्टेडियम जस्ता भीडभाड हुने ठाउँहरूको लागि यो धेरै प्रभावकारी छ। राष्ट्रिय सुरक्षा र स्वदेशी रक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको हो ।

गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले निहत्था र निर्दोष पर्यटकहरूमाथि गोली चलाएको थियो, जसमा २६ बाह्य र स्वदेशी पर्यटकहरू मारिएका थिए र अरू धेरै घाइते भएका थिए। यस हमलाको जिम्मेवारी लश्कर–ए–तैयबा (एलईटी) सँग सम्बन्धित पाकिस्तानी आतंकवादी संगठन द रेजिस्टेन्स फोर्स (टीआरएफ) ले लिएको थियो।

यो डरलाग्दो घटनापछि क्रिकेटको सुुरक्षाको चर्चाको विषय बनेको हो । साथै, सो घटनाको दुःख व्यक्त गर्दै बीसीसीआईले मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा नाचगान र गीत गाउन प्रतिबन्ध लगाएको थियो । साथै लिगमा आवद्ध खेलाडी सबैजना कालोपट्टी लगाएर मैदानमा आएका थिए । यो सबै आतंकवादी हमलाको बिरोधका साथै मृतक प्रति गहिरो शोक तथा घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनाका लागि गरिएको थियो । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.