Connect with us

समसामयिक

कर्णाली याक्सले तेस्रो खेलमा हासिल गर्यो पहिलो जीत

Published

on

कर्णाली याक्सले तेस्रो खेलमा पहिलो जीत हासिल गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल) यसअघिका दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा जीत हासिल गरेको हो । आजको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै उसले पहिलो जीत हासिल गरेको हो ।  

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्न सफल भएको थियो ।

कर्णाली याक्सका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडेका थिए, उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका कारण जीत सहज हुन पुगेको हो । यसअघि भारतका चर्चित खेलाडी शिखर धवनले सर्वाधिक ७२ रन जोडे पनि जीत हासिल गर्न सकेका थिएनन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.