सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।