Connect with us

राजनीति

कांग्रेस पदाधिकारी बैठक जारी

Published

on

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा पदाधिकारी बैठक डाकेका हुन् ।

समसमायिक राजनीतिक विषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा विवादमा परे पछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.