Connect with us

अर्थ

नापी अधिकृतविरुद्ध पौने छ करोडको भ्रष्टाचार मुद्दा

Published

on

नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार यादवले सार्वजनिक पद धारण गरेको मिति २०५३ साल असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्मको अवधिमा निज र निजको परिवारको समग्र वैद्य आय नौ करोड तीन लाख ९५ हजार ४४४ रुपियाँ देखिएको छ । निजको तलब बचत रकम, विभिन्न बैठक भत्ता, जग्गा बिक्री आय, ऋण कर्जा आय, बैङ्क ब्याज आय, बिमा परिपक्व आय, कृषि आय र सवारी साधन बिक्री आय गरी सो आम्दानी देखिएको हो ।

अधिकारीका अनुसार सो अवधिमा निजको कुल व्याय भने १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपियाँ देखिएको छ । जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, कर्जा भुक्तानी, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, व्यवसाय स्थापना, सुन खरिद लगायतको सो खर्च देखिएको उहाँको भनाइ छ ।

निजको कुल आयबाट कुल व्याय घटाउँदा हुन आउने पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपियाँ बराबरको सम्पत्तिको पुष्टि गर्न नसकेको हुँदा सो रकम बिगो कायम गरी मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजको परिवार श्रीमती गायत्री यादव, छोरा सुधान्सु यादव र शुभम यादवलाई प्रतिवादी कायम गरी शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.