Connect with us

राजनीति

वीरगञ्जमा सर्वपक्षीय सहमतिपछि हटाइयो ‘कर्फ्यू’

Published

on

वीरगञ्जमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज अपरान्ह बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यू’ पनि अघि ३ः३० बजेदेखि हटाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्यू हटाउने निर्णय भएको जानकारी दिएका छन् । “यहाँका दुई समुदायबीच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेका हौँ,” उनले भने, “अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ ।”

बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । “भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,” उनले भने ।

प्रजिअ दाहालका अनुसार स्थायी सद्भाव संयन्त्रमा हिन्दू समुदायका तर्फबाट रञ्जित साह, रञ्जन सिंह रहनेछन् । त्यसैगरी, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी रहनेछन् । सर्वपक्षीय तथा सर्वदलीय बैठकले अन्य धार्मिक समुदायबाट पनि आवश्यकताअनुसार प्रतिनिधित्व र जिल्लास्थित राजनीतिक दलहरुका तर्फबाट एकरएक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सोही संयन्त्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा नागरिक समाजको प्रतिनिधि सदस्य रहनेछन् । बैठकले सबै प्रकारका सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक, सांस्कृतिकरसामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.