Connect with us

अन्तर्राष्ट्रिय

केरलामा दलित किशोरीमाथि ६२ जनाद्धारा बलात्कार, ४४ जना पक्राउ

Published

on

केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् ।

केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथी बलात्कार गर्ने ४४ जनालाइ पक्राउ गरेको ो ।

सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिए पछि प्रहरीले गम्भिर रूपमा अनुसन्धान गरिरहेको र हालसम्म ४४ जनालाई पक्राउ गरेको जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन ।

अनुसन्धानको निरीक्षण गर्दै आएकी डीआईजी एस अजिता बेगमका अनुसार बालिका माथि बलात्कार र यौन दुर्ब्याबहार आरोपमा ३० वटा एफआइआर दर्ता भएको र घटनामा उल्लेख भएका ६२ अभियुक्तमध्ये ४४ जना पक्राउ परिसकेका छन ।

‘अभियुक्त मध्ये दुई जना फरार छन्, जो अहिले हाल विदेशमा छन्। हामी उनीहरूका लागि लुक आउट सर्कुलर जारी गर्ने विचार गरिरहेका छौं। हामी उनीहरूका लागि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्ने योजनामा ​​छौं,’ उनले एनडिटीभीसँग भनिन् । उनीहरु बाहेक अरु १६ जनालाई पक्राउ गर्नका लागि प्रहरी लागि परिरहेको छ ।

सन् २०२४ को जनवरीमा कारभित्र र पथनम्थिट्टा जनरल अस्पतालमा भएका घटनासहित कम्तिमा ५ पटक उनीमाथि सामूहिक बलात्कार भएको अनुसन्धान पछि खुलेको प्रहरीले जनाएको छ । हाल  १८ वर्षकी किशोरीले १३ वर्षको उमेरदेखि ६२ जनाले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा आरोप लगाएकी छन् ।

बाल कल्याण समितिले गरेको काउन्सिलिङका क्रममा एक शैक्षिक संस्थाका एक शिक्षिकाले उनको व्यवहारमा उल्लेखनीय परिवर्तन भएको प्यानललाई जानकारी दिए पछि यो कुरा बाहिर आएको थियो । उनी मानशिक रूपमा पुरै बिक्षिप्त रहेकी थिइन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.