Connect with us

अर्थ

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

Published

on

मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख थिए । उनले आइतबार ९भदौ १० कार्यकारी निर्देशकको पदबहाली गरेका मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यस्तै, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।

विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन उपमहानिर्देशकको दरबन्दी छ । हाल तीनै उपमहानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए ।
रासस/बाह्खरी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.