Connect with us

समसामयिक

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई ८ वर्षको जेल सजाय

Published

on

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो ।

सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्वसचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतले आज सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो ।

सोही मुद्दामा पूर्वसचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.