Connect with us

अन्तर्राष्ट्रिय

दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु

Published

on

भारतको दिल्लीमा वायु प्रदूषणको ‘गम्भीर’ स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले सबै सरकारी विभागहरूमा ५० प्रतिशत कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागू गरेको छ।

दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल राईले दिल्ली सरकारले राज्यमा प्रदूषण नियन्त्रण गर्न धेरै कदम चालिरहेको बताउदै आधा कर्मचारीलाई‘वर्क फ्रम होम’ लागु गरिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘दिल्ली सरकारअन्तर्गतको आपतकालीन विभागबाहेक सबै विभागमा ५० प्रतिशत काम घरबाटै गर्ने निर्णय भएको छ ।’

उनले दिल्ली सरकारले निजी क्षेत्रका कम्पनी र कार्यालयहरूलाई पनि ५० प्रतिशत ‘वर्क फ्रम होम’ लागू गर्न सुझाव दिएको बताए ।

यस बाहेक, दिल्ली सरकारले कार्यालयको समय परिवर्तन गर्न र कर्मचारीहरूको सुविधाका लागि शटल बस सेवा प्रयोग गर्न पनि सुझाव दिएको छ ।

जाडो मौसममा दिल्लीको वायुमा प्रदुषणको स्तर दिनानुदिन बढिरहेको छ । बुधबार दिल्लीको वायुमा प्रदूषणको स्तर ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको थियो ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार बुधबार दिउँसो ४ बजे सबैभन्दा बढी प्रदूषित हावा बवाना क्षेत्रमा रहेको थियो ।

अपराह्न ४ बजे बवानामा एक्यूआइ ४५९ रेकर्ड गरिएको थियो । यसलाई वायु प्रदूषणको ‘गम्भीर’ श्रेणी मानिन्छ । बवाना बाहेक, दिल्लीका अन्य धेरै क्षेत्रमा एक्यूआई ४०० र ५०० को बीच रेकर्ड गरिएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.