Connect with us

अन्तर्राष्ट्रिय

गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडीको आरोप

Published

on

भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको आरोप लगाइएको छ ।

अडानीलाई अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोप लगाइएको हो । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घोखाधडीको आरोप दायर गरिएको बिबिसीले उल्लेख गरेको छ ।

भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । अडानी समूहले अमेरिकामा नवीकरणीय उर्जा कम्पनीले २० बर्षमा २ बिलियन डलर भन्दा बढी नाफा हुने भन्दै लगानी उठाएको आरोप लगाइएको छ ।

पछिल्ला केहि महिना देखि नै अडानीविरुद्ध अनुसन्धानको चर्चा चलिरहेको र अमेरिकाले भने २०२२ देखि नै अडानीका कम्पनि बारे अनुसन्धान गरिरहेको पाइएको छ ।

अडानी समुहले झुटो रिपोर्ट तथा घुस समेत दिएर अमेरिकी फर्महरू लगायतका ऋण र बन्डहरूमा ३ बिलियन डलर भन्दा बढी उठाएको आरोप लागाईएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी व्यापारी मानिन्छन् । 

गत हप्ता सामाजिक सञ्जालमा अडानीले डोनाल्ड ट्रम्पलाई उनको चुनाव जितेकोमा बधाई दिदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने वाचा गरेका थिए ।


Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.