Connect with us

समसामयिक

धनकुटा–मूलघाट सडक अवरुद्ध, विभिन्न स्थानमा पहिरो

Published

on

धनकुटामा लगातार परिरहेक‍ो वर्षाका कारण धनकुटा मुलघाट सडक अवरुद्ध भएको छ । धनकुटा मुलघाट धनकुटासहित पूर्वीपहाडका केही जिल्लालाई धरानसँग जोड्ने मुख्य सडक हो । धनकुटाका अन्य विभिन्न स्थानमा समेत सडक अवरुद्ध सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

मध्य पहाडी लोकमार्गअन्तर्गत पाख्रिबास नगरपालिका–५ स्थित डिकुरे र वडा नं ४ मा पहिरो जाँदा दुई स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

कोसी लोकमार्गमा पनि साँगुरीगढी गाउँपालिका–१ स्थित चनौटे, घण्टे र सिमसुवा क्षेत्रमा पहिरो जाँदा तीन स्थानमा आवागमन ठप्प भएको छ ।

रवि–राके निर्माणाधीन सडकखण्डमा समेत समस्या देखिएको छ । साँगुरीगढी–५ लुम्फाजुङमा पहिरो र वालुवाखानीमा सडक अवरुद्ध भएको छ । तमोर करिडोरअन्तर्गत चौविसे गाउँपालिका–४ स्थित छरुवा खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ।

अविरल वर्षाले कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डको भेडेटारदेखि मुलघाटसम्मको विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.