Connect with us

समाज

मौलापुर छैटौं मधानी महोत्सवको खर्च सार्वजनिक 

Published

on

रौतहटको मौलापुर नगरपालिका द्वारा आयोजित छैटौं मधानी महोत्सवको खर्च सार्वजनिक गरिएको छ।

पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मेयर रिनाकुमारी साहको अध्यक्षता एवम् आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री  प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो।

गत ११ गतेदेखि १५ गतेसम्म पाँच चलेको दिवसीय मधानी महोत्सवमा नगरपालिकाबाट कुल ६६ लाख २३  हजार ३ सय रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले विवरण प्रस्तुत गरेका थिए।

मधानी महोत्सव २०८१ मा ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूले अवलोकन गरेको थियो। महोत्सव अवधिमा मौलापुरमा १० करोड भन्दाबढीको आर्थिक कारोबार भएको तथा नगरबासी व्यापारीहरूले दुई करोडभन्दा बढीको मुनाफा आर्जन गरेको अधिकृत साहले दाबी गरेका थिए।

कार्यक्रममा महोत्सवका विभिन्न उपसमितिहरूका संयोजकहरूले महोत्सवको सन्दर्भमा समीक्षा मन्तव्य राखेका थिए।

महोत्सवको सम्बन्धमा समाजिक सञ्जालमा फिँजाइएका भ्रम र यथार्थ बारे प्रमुख अतिथि प्रभु साहले तथ्याङ्कसहित विश्लेषणात्मक टिप्पणी तथा  सम्बोधन गरेका थिए।

उक्त अवसरमा उपप्रमुख नागेन्द्र यादव,वडाध्यक्ष, कार्यपालिका सदस्य विभिन्न समितिका संयोजक तथा सदस्यहरू एवम् आम जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो। 

मौलापुर मधानी महोत्सव २०८१ ले मौलापुर नगरपालिका एवम् पतौरा धामको मान प्रतिष्ठामा बढोत्तरी भएको ,मधानी यज्ञको महिमालाई विश्वस्तरमा पुर्‍याउने तथा पतौरा धामलाई विश्वको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनेमा विश्वास बढेको बक्ताहरुले बताएका थिए।

अनेक बाधा अड्चनको बाबजुद पाँच दिवसीय मधानी महोत्सव सभ्य, भव्य एवम् शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि नगरबासी एवम् पतौराबासीको हरेक हिसाबले गरेको सहयोगको लागि मौलापुर नगरपालिकाले आभार व्यक्त गरेको थियो।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.