Connect with us

समसामयिक

दूधकोसी र अरुण नदीमा बाढीको सम्भावना, सतर्क रहन मौषम विज्ञान विभागको आग्रह

Published

on

गए रातिदेखिको भारी वर्षाका कारण दूधकोसी र अरुण नदीमा बाढी आउन सक्ने जयवायु तथा मौषम विज्ञान विभागले जनाएको छ । खोटाङको ऐसेलुखर्क, रबुवाबजार, ओखलढुंगाको मानेभन्ज्याङलगायत क्षेत्रमा पानीको बहाव बढेको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले दूधकोसी र यसका सहायक नदी तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको हो। 

सङ्खुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदी तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ। नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ। 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.