Connect with us

राजनीति

परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

Published

on

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र श्रीलंकाली विदेशमन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनका बेला राणा र हेराथबीच साइडलाइन वार्ता भएको हो । 

‘हामीले व्यापार विस्तार र जलवायु न्यायका लागि सहकार्यमा केन्द्रित नेपाल(श्रीलंका सम्बन्धको समीक्षा गर्यौं। मैले हाम्रा देशहरू बीच थप हवाई सम्पर्कको लागि पनि अनुरोध गरें, जसमा कोलम्बो(भैरहवा सिधा उडानहरू पनि समावेश छन्,’ श्रीलंकाली समकक्षी हेराथसँगको भेटवार्तापछि राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

आइतबार राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो । सात दिने भ्रमणका क्रममा राणा ओमानको मस्कटमा छिन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.