Connect with us

अन्तर्राष्ट्रिय

भारतमा श्रीमतीले नै गरिन कर्नाटकका पूर्वप्रहरी महानिर्देशकको हत्या

Published

on

कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ । 

पक्राउपछि उनलाई अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ  । मिडिया रिपोर्टका अनुसार मृतककी छोरीलाई पनि पक्राउ गरिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनाका बेला ओमप्रकाश खाना खाइरहेका थिए । यसैक्रममा दुवैबीच झगडा भएको थियो । यति नराम्रो भयो कि श्रीमतीले उनको हत्या गरिन् । पल्लवीले पहिलो पटक ओम प्रकाश माथि खुर्सानीको धुलो हानेकी थिइन् । धुलोबाट मुक्ति पाउन अघि डीजीपी यता उता दौडिरहेको बेला पल्लवीले उनको घाँटी, पेट र छातीमा छुरीले १०–१२ पटक प्रहार गरिन् । यो घटनामा छोरी कृति पनि त्यहीँ रहेकी थिइन् ।

हत्यापछि पूर्व डीजीपीकी श्रीमतीले अर्का आईपीएस अफिसरकी श्रीमतीलाई  ‘राक्षस मारिएको छ’ भन्ने सन्देश दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछि पल्लवीले उनलाई फोन गरेर ओमप्रकाशको हत्या गरेको बताएकी थिइन । त्यसपछि आइपीएस अधिकारीले प्रहरीलाई खबर गरेका थिए ।

छोरा कार्तिकेशको उजुरीमा पूर्वडीजीपीकी श्रीमती र छोरी कृतिविरुद्ध हत्याको मुद्दा दर्ता गरी पक्राउ गरिएको हो । कार्तिकेशले आफ्नी आमा पल्लवीलाई विगत एक सातादेखि बुवालाई मार्ने धम्की दिइरहेको जनाएका छन् । धम्कीका कारण बुबा जेठी बहिनीको घरमा बस्न गएको उनको भनाइ थियो ।

दुई दिनअघि कान्छी बहिनी कृति त्यहाँ गएर बुवाको इच्छाविपरीत फिर्ता ल्याएकी थिइन् । दुवैको बुवासँग बारम्बार झगडा हुन्थ्यो । यसअघि कार्तिकेशले एक टिभी च्यानललाई आमा पल्लवी गम्भीर मानसिक रोगबाट पीडित रहेको बताएका थिए । उनी १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम, डर डिसअर्डर) को उपचार गराइ रहेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार ओमप्रकाश र श्रीमती पल्लवीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । ओमप्रकाशले आफन्तलाई सम्पत्ति हस्तान्तरण गरेका थिए । यही कारण दुवैबीच बारम्बार झगडा हुने गरेको थियो, जुन पछि झडपमा परिणत भएको थियो । र अन्ततः मृत्युसम्म हुने अवस्थामा पुग्यो ।

हत्यामा उनकी छोरीको हात छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बेंगलुरुका अतिरिक्त पुलिस कमिश्नर विकास कुमारले भने कि पुलिसलाई हिजो साँझ करिब ४ बजे सेवानिवृत्त अधिकारीको मृत्यु भएको जानकारी प्राप्त गरेको थियो ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.