Connect with us

समसामयिक

सर्वोच्चमा एकचालिस प्रतिशत मुद्दा फर्स्योट

Published

on

सर्वोच्च अदालतले ४१ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । २०८२ असार मसान्तसम्म सर्वोच्चमा २४ हजार मुद्दा बाँकी भएका छन् । जसमा दुई वर्ष नाघेका मुद्दा आठ हजार ९४८ थान छन् । पाँच वर्ष नाघेका मुद्दा एक हजार २६४ थान बाँकी छन् ।

सर्वोच्चमा चालु वर्षका लागि जिम्मेवारी सरेका २५ हजार ७२८ मुद्दा थिए । यस्तै १५ हजार ३४ नयाँ दर्तासमेत कुल ४० हजार ७६२ थान मुद्दा कायम भएका थिए । जसमध्ये अदालतले १६ हजार ६३५ थान मुद्दा फर्स्योट गरेको बताएको छ । २०८१ असार मसान्तसम्म सर्वोच्चमा जम्मा मुद्दा ४१ हजार थियो । चालु वर्षमा मुद्दाको कुल सङ्ख्या सामान्य घटेको हो ।

देशभरका उच्च अदालतले ६९ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । जिल्ला अदालतले ६२ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । तिनै तहका अदालतको कुल मुद्दा फर्स्योट ६१ प्रतिशत रहेको छ ।

विशेषमा ६१ प्रतिशत फर्स्योट

विशेष अदालतले चालु वर्षमा ६१ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । जिम्मेवारी सरेकासमेत दुई सय १२ थान लगतमध्ये विशेषले १३० मुद्दा फर्स्योट गरेको हो । विशेषले गैरकानुनी सम्पत्ति आर्जन, घुस तथा रिसवत, निर्णयगत अनियमितता, नक्कली शैक्षिक प्रमाणपत्रलगायतका मुद्दा हेर्ने अधिकार क्षेत्र पाएको छ ।

जिम्मेवारी सरेका ६९ र नयाँ दर्ता १४३ गरी जम्मा लगत २१२ थान कायम भएकोमा १३० थान मुद्दा फस्र्योट गरेको छ । कुल लगतको यो ६१.३२ प्रतिशत हो । अब ८२ थान मुद्दा विशेषमा विचाराधीन छन् । गत वर्षभन्दा मुद्दा फर्स्योट कम हो । अघिल्लो वर्ष विशेषले ८८ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो ।

विशेषले गैरकानुनी सम्पत्ति आर्जनका १२ मध्ये दुई मात्र मुद्दा फर्स्योट गरेको छ । घुस रिसवतका ४३ मध्ये ३४, निर्णयगत अनियमितताका ११० मध्ये ५६, नक्कली प्रमाणपत्रका ४१ मध्ये ३३ मुद्दा फस्र्योट गरेको छ । सम्पत्ति शुद्धीकरणका चार मुद्दामा तीन वटामा फैसला र एक मुलतबीमा राखेको छ । अदालतको अवहेलनाको एउटा मुद्दा विचाराधीन छ ।

विशेष अदालतले मासिक रूपमा सबैभन्दा बढी २०८२ जेठमा २९ थान मुद्दा फैसला गरेको छ । कात्तिक र फागुनमा सबैभन्दा कम दुईरदुई थान मात्र मुद्दा फर्स्योट अदालतले गरेको छ । विचाराधीन मुद्दामध्ये ६ महिनाभित्रका ७१ थान र ६ महिना नाघेका मुद्दा ११ थान रहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.