आज आइतबार (१५ असार) देशभर साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि यस्तो सम्भावना रहेको महाशाखाको पुर्वानुमान छ ।
देशका अरू धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ,” आज आइतबार बिहानै जारी महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस दिन राति पनि देशभर साधारणदेखि पूर्णतया बदलीको पूर्वानुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अरू धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र मपातको सम्भावना रहेको छ,” महाशाखाले उल्लेख गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्ले आइतबार (१५ असार) र भोलि सोमबार (१६ असार) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना देखाएका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।