Connect with us

राजनीति

प्रचण्डको स्वकीय सचिवबाट गंगा दाहालको राजीनामा

Published

on

नेकपा (माओवादी केन्द्र) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन् । उनले पछिल्लो समय आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार एवम् चरित्र हत्या गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

उनले लेखेकी छन्, “म,बुवा (कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएकी थिएँ । मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो,त्यसैले हेरचाहसँगै सचिवालयमा रहेर सकेसम्म निस्वार्थ भावले काम गरेँ ।..जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ ।”

गंगाले सचिवालयमा रहँदा सबैको भावनाअनुरूप काम गर्न नसकिएको स्वीकार गर्दै आत्मआलोचना गरेकी छन् । तर उनले भनेकी छन्, “म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ । सहयोगीको रूपमा राम्रो गर्न खोजेँ,तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ ।”

उनले लेखेकी छन्, “कहिले लाखौंको ब्याग भनिन्छ,कहिले लाख पर्ने घडी । मैले त्यस्ता सामान कहिल्यै किनिन । साथीहरूले जन्मदिनमा दिएको उपहार थियो,त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै पनि त्यही कुरा दोहोर्याएर प्रहार गरिन्छ ।”

गंगाको स्टाटस जस्ताको जस्तै,

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.