Connect with us

अर्थ

सरकारी कर्मचारीलाई अब १५-१५ दिनमा तलब

Published

on

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारले अबदेखि कर्मचारीहरूलाई १५-१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई १५-१५ दिनमा तलबभत्तँ दिन परिपत्र गरेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले सञ्चारकर्मीहरुलाई अर्थ मन्त्रालयबाट परिपत्र भइसकेकोले निर्णय चाँडै कार्यान्वयन गरिने बताएका छन् । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन हुन्छ,’ पौडेलको भनाइ छ ।

मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.