Connect with us

अन्तर्राष्ट्रिय

हमास-इजरायलबीचको युद्धविरामलाई दुवै देशमा जनस्तरबाट स्वागत

Published

on

इजरायल र हमासले गाजामा युद्ध रोक्न सहमत भएका छन् । सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका रहेका इजरायली बन्धक र इजरायली हिरासतमा रहेका प्यालेस्टिनी बन्दीलाई रिहा गर्न पनि दुवै पक्ष सम्झौतामा सहमत भएका छन्।

इजरायल र हमास बिच भएको सो सहमतिको अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले स्वागत गरेका छन र गाजाको पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्ता पनि जनाएका छन । 

प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीले युद्धको कारणले गर्दा पीडा कम गर्न गाजापट्टीमा द्रुत र निर्बाध मानवीय पहुँचको लागी आह्वान गरेको छ ।

तीन चरण सम्झौता आइतवारबाट लागु हुनेछ । तर, यसको धेरै विवरण र समयरेखा अस्पष्ट नै रहेको जनाइएको छ। जुन सहमतिलाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै विवरणहरू अन्तिम नभएसम्म टिप्पणी नगर्ने बताएका छन्।

सो सम्झौता बाइडेन र ट्रम्पको सचिवालयको सहयोग र सहकार्यमा अभूतपूर्व स्तरको मध्यस्थता गरिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ता अस्थायी युद्धविरामभन्दा युद्धलाइ स्थायी रूपमा नै अन्त्य गरिनु पर्ने भएकाले दोस्रो चरणमा जाने बताएका छन्।

हमास र इजरायल बिच युद्दबिराम गर्नका लागि सहमति भए पछि प्यालेस्टाइन र इजरायलका जनताले सडकमा उत्रेर खुसियाली मनाएका छन । उनीहरू पराम्परागत बाजा र प्ले कार्ड लिएर युद्दबिरामको स्वागत गरेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.