Connect with us

अन्तर्राष्ट्रिय

चीनमा वसन्त चाडः दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड

Published

on

यस वर्षको वसन्त चाडको पहिलो दिन मङ्गलबार चिनियाँ रेलवेमार्फत १०.३९ मिलियन यात्रीले यात्रा गरेका छन् । 

जुन बसन्त चाडलाई चिनियाँहरू ‘चुन्युन’ भनेर मान्दछन् । चाइना स्टेट रेलवे समूह लिमिटेडका अनुसार बुधवार बिहान ८ः३० बजेसम्म रेल टिकट बुकिङ प्लेटफर्मका १२ हजार ३०६ काउन्टरबाट बसन्त चाडका लागि १२ करोड रेल टिकट बुकिङ भइसकेको छ । यो चाड मंगलबारवाट सुरू भएर ४० दिनको अवधिमा फेब्रुअरी २२ मा समाप्त हुनेछ ।

बुधबार यात्रा भीड अवधिको दोस्रो दिन देशभर ११ मिलियन रेलवे यात्राहरू हुने अपेक्षा गरिएको थियो । जसका लागि कम्पनीले बढ्दो माग पूरा गर्न थप ५५४ ट्रेनहरू सञ्चालन गरेकोसमेत थियो ।

बुधवार साङ्घाई, बेइजिङ, ग्वाङ्झाउ र सेन्जेनजस्ता प्रमुख सहरहरूमा यात्रुको चाप ठूलो भएको बताइएको छ। गत वर्ष डिसेम्बरमा युनेस्कोले वसन्त पर्वलाई आफ्नो अमूर्त सांस्कृतिक सम्पदा सूचीमा राखेपछि यो वर्ष चीनको पहिलो चुन्युन हो।

यस अबधिमा ५१० मिलियन भन्दा बढी यात्रु यात्राहरू देशको रेलवेद्वारा यात्रा गर्ने अपेक्षा गरिएको रेल्वे बिभागले जनाएको छ । दैनिक औसत १२.७५ मिलियन यात्रीहरूले रेल यात्रा गर्नेछन भन्ने अपेक्षासहित ब्यवस्था मिलाइएको छ ।

यो यात्रा २०२४ को तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको यातायात अधिकारीहरूले जनाएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.