पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्माको संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी र कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी अघि बढेको बुझिएको छ । तर, उनीहरुबिचको एकता कति संभव छ ?
जानकारका अनुसार दुवै पार्टीका वार्ता टोलीबीच पटक(पटक छलफलपछि आज साँझ शीर्षतहका नेतासहितको छलफल हुने ऊज्यालो नेपालका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीका भानाइमा उनीहरु निरन्तर संवादमा छन् । उनी भन्छन्, हाम्रो गन्तव्य एकतासम्म पुग्छ ।
तर, जानकारहरु उनीहरुबीचको एकता अलि कठिन नै छ । यद्यपि यो पनि सत्य हो कि राजनीतिमा असंभव केही पनि हुँदैन ।