नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएको छ । नेमकिपाले आज आइतबार समानुपातिकतर्फका ११० उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।
नेमकिपाले समानुपातिकको पहिलो नम्बरमा हिमालयश्वरलाल मूलको नाम राखेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार (भोलि) अपराह्न ४ बजेसम्मको समय आयोगले तोकेको छ । आज पहिलो दिन आयोगमा तीनवटा दल मात्रै पुगेका छन् ।