Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकामा आप्रवासन विवाद चर्किँदैः न्यूयोर्क होटलमा विरोध प्रदर्शन

Published

on

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको म्यानह्याटनमा रहेको एक होटलको भित्री हलमा विरोध प्रदर्शन हुँदा दर्जनौं मानिस पक्राउ परेका छन्। प्रदर्शनकारीहरूले होटलमा संघीय आप्रवासन अधिकारीहरू बसिरहेको आरोप लगाउँदै विरोध जनाएका थिए र होटलले उनीहरूलाई आश्रय दिइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

प्रदर्शन मंगलबार साँझ ट्राइबेका क्षेत्रमा रहेको होटलको लबीमा सुरु भएको थियो। विरोधमा सहभागी केही व्यक्तिले ुहोटलले संघीय अधिकारीलाई राखेको छु भनी आफ्नो माग राखेका थिए। प्रदर्शनकारीहरूलाई करिब ४५ मिनेटसम्म चेतावनी दिइयो कि लबी खाली गर्न, तर उनीहरूले आदेश मानेनन्। त्यसपछि सहरको प्रहरी विभागले क्रमशः प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएर पक्राउ गरेको थियो।

कम्तीमा ४० जना भन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका जानकारी प्राप्त भएको छ। हालसम्म स्पष्ट छैन कि साँच्चिकै संघीय अधिकारीहरू होटलमा थिए कि थिएनन्, र सम्बन्धित निकायले यसबारे जानकारी सार्वजनिक गर्ने योजना नरहेको बताएको छ।

यो विरोध प्रदर्शनले देशको आप्रवासन नीतिप्रति बढ्दो असन्तुष्टि र संघीय अधिकारीहरूको गतिविधिप्रति आम जनताको आलोचना झल्काउँछ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.