Connect with us

अन्तर्राष्ट्रिय

इजरायली हमलामा परी ६ सय ६ जना इरानीको मृत्यु

Published

on

इरानले इजरायले गरेको हमलामा परी ५ सय ५ जनाको मृत्यु भएको जनाएको छ । इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली हमलामा परी ६ सय ६ जनाको मृत्यु भएको बताएका छन् ।

स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको जफरगनीलाई उल्लेख गर्दै बीबीसीले बताएको छ ।

यद्यपि द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर रहेको बताएको छ । उक्त संस्थाले अहिलेसम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ ।
इरानी स्वास्थ्य मन्त्रीले इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा भीषण आक्रमणहरू भएका र त्यसमा १०७ जनाको मृत्यु भएको बताएका छन् । इरानी अधिकारीहरू र सरकारी टेलिभिजनले बताएअनुसार ११ दिनको द्वन्द्व समाप्त गर्ने युद्धविराम लागु हुनुभन्दा केही घण्टाअघि इजरायले उत्तरी इरानमा रातभर गरेको आक्रमणमा परी एक वरिष्ठ आणविक वैज्ञानिकसहित नौ जनाको मृत्यु भएको छ ।

इरानी सरकारी टेलिभिजनले बताए अनुसार इजरायली हमलामा परी गिलान प्रान्तको अस्ताने–ये असरफियेहमा वैज्ञानिक मोहम्मद रजा सेद्दिकी साबेरको हत्या भएको हो । गिलानका उप–गभर्नरले एक आवासीय भवनमा भएको विस्फोटले चारवटा अपार्टमेन्टहरू नष्ट भएको बताए का छन्।

इरानी हमलामा परी इजरायलमा भने २८ जनाको मृत्यु भएको बताइएको छ । एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.