Connect with us

राजनीति

‘कुलिङ अफ पिरियड’ माथिको जालझेल छानबिन गर्न बन्यो, सात सदस्यीय विशेष संसदीय समिति

Published

on

‘संघीय निजामती सेवा विधेयक २०८२’ को कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न दलहरुबीच संसदीय समिति गठन गर्ने निर्णय भएको छ ।

सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा सात सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

उनले समितिमा कांग्रेस र एमालेबाट दुई- दुई तथा माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना सदस्य रहने बताए । बर्तौलाका अनुसार समितिको नेतृत्व कांग्रेसले गर्नेछ ।

प्रतिनिधिसभाको पर्सी २३ असारमा बस्ने बैठकले निर्णय अनुमोदन गर्ने र छानबिनका लागि १५ दिनको समय दिइने प्रमुख सचेतक बर्तौलाले जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.