Connect with us

अन्तर्राष्ट्रिय

इरानले इजरायलका ठुला सहर तेलअभिव र जेरूसेलममा पनि हान्याे मिसाइल

Published

on

 इरान र इजरायलका बिचमा रातभरी एक अर्का माथी मिसाइल प्रहार गरिरहेका छन् । भर्खरै मात्रै इजरायलको राजधानी तेल अभिव र जेरुसेलममा विस्फोटका आवाज सुनिएको जनाइएको छ ।

इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अवीव र जेरुसेलममा धेरै विस्फोटको आवाज सुनिएको जनाएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले इजरायलका दुबै शहरहरूमा श्रृंखलाबद्ध विस्फोटको रिपोर्ट गरिरहेका छन ।

‘अहिले तेल अवीभमा भारी बमबारी, धेरै ठूला विस्फोटहरू सुनिएको छ,’ इजरायली पत्रकार हाग्गाई माटरले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.