इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराम सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । तर, इजरायलले पहिले आक्रमण रोकेमा इरानले जवाफी कारबाहीलाई निरन्तरता दिने कुनै मनसाय नराखेको उनको भनाइ छ ।
अराघचीले इजरायलसँग युद्धविरामको कुनै सम्झौता नभए पनि इरानी समयअनुसार बिहान ४ बजेसम्म इरानमाथिको आक्रमण रोकेमा आफ्नो सैन्य जवाफी कारबाहप् रोक्ने बताएका अन्तर्राष्ट्रिय सञ्चार मखध्यमहरुले जनाएका छन् ।
“इरानले बारम्बार स्पष्ट गरिसकेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, हामीले होइन,” अराघचीले एक्समा पोस्ट गर्दै भनेका छन्, “हालसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको समाप्तिका लागि सम्झौता भएको छैन ।”
अराघचीले लेखेका छन्, ”इजरायलले इरानमाथिको गैरकानुनी आक्रमण तेहरानको समयअनुसार बिहान ४ बजेभन्दा ढिलो नहुने गरी रोकेमा हामी त्यसपछि हाम्रो जवाफलाई निरन्तरता दिने कुनै मनसाय राख्दैनौँ ।”