Connect with us

समसामयिक

अंकितको कप्तानीमा पिएम कप खेल्ने कोशीको टिम घोषणा

Published

on

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ ।

कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

कोशीको टिम: अंकित सुवेदी (कप्तान), सुजन थपलिया, प्रकाश कार्की, सुमन गहतराज, भुपाल लुईंटेल, दिपेश कँडेल, फिर्दोश अन्सारी, चिराग शाह, सकिब हक, श्रवण किस्कु, विपिनकुमार महतो, समिर कार्की, आइस भट्टराई, सोनु अन्सारी र सन्दिप ढुंगाना रहेका छन् ।

टिमको प्रशिक्षकको जिम्मेवारी नेपाली राष्ट्रिय टोलीका पूर्वलेग स्पिनर राजकुमार प्रधानलाई दिइएको छ । 

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुनेछन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.