Connect with us

समसामयिक

लिभरपुलको अर्को शानदार जित

Published

on

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो । लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक गोल गरेका थिए । 

यो जितपछि लिभरपुलको २९ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।  त्यसैगरी साउथहम्पटनको भने२८ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ । 
            

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.