Connect with us

समसामयिक

लगातार तीन खेल हारेको लुम्बिनी पहिलो पटक बिजयी

Published

on

लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई हराउँदै पहिलो जित हासिल गरेको हो ।

त्रिभुवन विश्वविद्यालय किर्तिपुरस्थित खेल मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेर पहिलो पटक बिजयी भएको हो । यसअघि तीनवटा खेल हारेर अंक तालिकामा अन्तिममा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा उत्कृष्ट लय सम्हाल्दै बिजयी हुन सफल भएको हो ।

लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोडन सफल भयो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए भने चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युक बेनकेनस्टन अभिषेस गौतमले आउट गराए ।

उता, कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए भने रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भएका थिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य निर्धारण गरेको थियो ।


 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.