Connect with us

राजनीति

न्याय परिषद् सदस्यमा महेश नेपाल सिफारिस

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् । नेपालको संविधानमा न्यायपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा एक कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ । न्याय परिषद्को सदस्य सर्वोच्च अदालतको न्यायाधीशसरह मानिन्छ ।

अघिल्लो पटक न्याय परिषद्मा रामप्रसाद श्रेष्ठको स्थानमा ओलीले नेपाललाई नै पठाउन चाहेका थिए । त्यसबेला सर्वोच्च बारमा श्रेष्ठ र नेपालबीच चुनावी प्रतिस्पर्धा समेत भएको थियो । जसमा श्रेष्ठले बाजी मारेका थिए । अहिले भने आफूले मनोनित गर्न पाउने कोटाबाट ओलीले नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेका हुन् ।

न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारी १० असारमा चार वर्षे पदावधि सकिएर अवकाश हुँदै छन् । रिक्त हुने ठाउँमा प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिस गरेका हुन् । अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.