अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया अध्यक्ष निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत पाए भने उनीसँग प्रतिस्पर्धा गरेका पौडेलले ७२५ मत ल्याए ।
मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।
कडरिया र पौडेल जना प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो । पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।
त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।
यस्तो छ, अनेरास्ववियुमा विजयी हुने पदाधिकारीहरूः
अध्यक्षः सुजन कडरिया
उपाध्यक्षः अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिवः दिपक धामि
उपमहासचिवः कमल जोशी
सचिवः आकाश घर्ती
सचिवः रचना सापकोटा
सचिवः समिम बाबु
सचिवः गोपाल नेपाल
आयोग अध्यक्षः प्रकाश बिष्ट, सदस्य सुमन घिमिरे, सदस्य जित प्रसाद सिटौला