Connect with us

समसामयिक

घ्यूको ग्यालेनभित्र साढे ११ किलो चरेस तस्करी गर्दैगर्दा पर्सामा एक पक्राउ

Published

on

पर्साबाट प्रहरीले साढे ११ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन्।

कर्णलाई शुक्रबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १६ चालिस फिट्टे सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

सवारीसाधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने सिलसिलामा अस्थायी प्रहरी पोष्ट इनर्वाको टोलीले नेपालबाट भारत जाँदै गरेका कर्णलाई बिहान १० बजे पक्राउ गरेको लम्सालले बताए।

कर्णले रातो रंगको ग्यालेन बोकेका थिए। माथि घ्यू राखेर रातो प्लाष्टिकमा पोको पारी ग्यालेनभित्र ११ किलो ५०० ग्राम चरेस लुकाएर भारत लैजाँदै गरेको अवस्थामा कर्ण पक्राउ परेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।

‘ग्यालिनभित्र साना-साना पोकैपोका भेटिएका छन्, पोकाभित्र चरेस फेला परेको छ,’ लम्सालले भने।

कर्णले कहाँबाट चरेस ल्याएको भनी प्रहरीलाई स्पष्ट बताइसेका छैनन्। कर्णलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.