Connect with us

समसामयिक

१२३ किलो गाँजासहित सुनसरीबाट एक पक्राउ

Published

on

प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्।

अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। भण्डारी प्रदेश १-०२-००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन्। रोक्न खोज्दा भागेपछि प्रहरीले टेम्पोलाई पछ्याउँदै धरान-१७ कै जंगलछेउ पुगेर नियन्त्रणमा लिएको थियो।

टेम्पोको तलासी लिँदा सात वटा बोरामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। भण्डारीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.