Connect with us

राजनीति

संघीय संसदका दुई समितिको बैठक बस्दै

Published

on

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण,परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिनेछ । जुन बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ ।

उता, बिधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक बिहान ९ः३० बजे बोलाइएको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.