Connect with us

राजनीति

शेखर कोइरालाको प्रश्न– सरकारले कृषिलाई प्राथमिकतामा राखेको किताबमा लेखेर हुन्छ ?

Published

on

नेपाली कांग्रेसका नेता एवम् मोरङ छ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. शेखर कोइरालाले सरकारले नीतिमा कृषकलाई प्राथमिकतामा राखेको भने पनि व्यवहारले उपेक्षा गरेको बताएका छन् । किसानलाई मलदेखि अनुदानसम्म नदिनु र उत्पादन नै फाल्नुपर्ने अवस्था आउनुले सरकारको नीति र व्यवहार उल्टो भएको उनले टिप्पणी गरेका हुन् ।

“खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुनसक्छौँ ?” प्रश्न गर्दै कोइरालले भनेका छन्, “कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?”

कोइरालाले किसानले उखुको भुक्तानी नपाउने र दिइँदै आएको अनुदान समेत कटौती हुने अवस्था आउनु दुःखद भएको समेत बताएका छन् । “उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो । उनीहरूको माग तुरुन्त पूरा गरौँ,” उनले आज मंगलबार समाजिक सञ्जालमा लेखेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.